Saturday, October 13, 2012

मधुमेह आहारविहार स्वस्थ राखौं

मधुमेह आहारविहार स्वस्थ राखौं
                  
ब्रिटेनमा गरिएको एउटा अनुसन्धानअनुसार दैनिक जीवनचर्यामा सामान्य परिवर्तनले मधुमेहको तीनमध्ये दुई मामिलालाई रोक्न सहयोगी हुन सक्छ ।  यो अनुसन्धानअनुसार दक्षिण एसियाका बासिन्दाहरूमा मधुमेहको आशंका बढी हुन्छ ।यो अनुसन्धान डाइबेटिक सेन्टरमा छापिएको हो । अनुसन्धानमा ४० देखि ६० वर्षकाहरूमा अध्ययन गरिएको थियो । यसमा लन्डनमा रहने पाँच हजार व्यक्तिको स्वास्थ्यको अध्ययन गरियो । बि्रटेनमा दुई दशकसम्म गरिएको एउटा अनुसन्धानअनुसार टाइप-२ मधुमेहको मामिलामा धेरैजसो मृत्युलाई स्वस्थ आहार, रक्सीको कम सेवन, पर्याप्त व्यायाम र नियमित जाँचले पन्छाउन सकिन्छ । यो अनुसन्धानको माध्यमले पहिलोपटक विश्वभरिका भिन्दाभिन्दै नश्लको व्यक्तिहरूमा हुने मधुमेहको आकलन गरियो । यसले थाहा पाइएको छ कि दक्षिण एसिया, अफ्रिका र अफ्रि‍की कैरिविआई नश्लका व्यक्तिहरूमा यसको खतरा करिब दोब्बर भएको छ । बि्रटिस हार्ट फाउन्डेसनको सहनिर्देशक माइक नैपटनको अनुसार व्यक्ति यो रोगको आकारलाई सधैं कम आकलन गर्छन् । 'बचाउ र प्रारम्भिक उपचार नै यसको मुख्य साँचो हो,' माइक भन्छन्, 'यस्तो थुप्रै उपाय छन् जसले हामी मोटोपनाको स्तरलाई कम गर्न सक्छौं ।' 'यसभन्दा पहिले कि कुनै रोगी हामी नजिक हृदयवाहिनीसम्बन्धी रोगको उपचारका लागि आओस्, उनीहरूलाई प्रारम्भिक समयमै स्वस्थ आहार लिन सुरु गर्ने आवश्यकता छ,' माइक भन्छन् ।

ढिलोसम्म सुत्नेलाई जोखिम कम
एउटा नयाँ अध्ययनमा दाबी गरिएअनुसार युवाहरूमा निद्राको अवधि बढ्नाले मधुमेह हुने जोखिम कम हुन्छ । पिट्सवर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार किशोरावस्थामा निद्राको मात्रा बढाउनाले उनीहरूको इन्सुलिन प्रतिरोधात्मक क्षमता बढी हुन्छ । यसले गर्दा मधुमेह हुने जोखिमसमेत कम भएर जान्छ । अध्ययनमा माध्यमिक विद्यालयका २ सय ४५ स्वस्थ विद्यार्थीको निद्राको अवधि र इन्सुलिन प्रतिरोधबारे निगरानी गरियो । अध्ययनकर्तामध्येका एक कैरेन मैथ्युजका अनुसार इन्सुलिन प्रतिरोधक क्षमताको स्तरले गर्दा मधुमेह हुन्छ । मैथ्युज भन्छन्, 'हामीले पायौं कि किशोरावस्थामा दिनहुँ ६ घन्टा निद्रापछि एक घन्टाको अतिरिक्त निद्रा लिँदा उनीहरूमा इन्सुलिन प्रतिरोध नौ प्रतिशत बढ्छ ।
Source : कान्तिपुर 

No comments:

Post a Comment